पृष्ठभूमि

प्रदेश परिचय

नेपालको कुल क्षेत्रफल १,४७,६४१. २८ वर्ग कि.मी. मध्ये २०,३०० वर्ग कि.मी. यस प्रदेशमा पर्दछ । पूर्वमा कोशी प्रदेश, पश्चिममा गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणमा मधेश प्रदेश तथा भारतसँग यस प्रदेशको सीमाना जोडिएको छ । समुद्र सतहदेखि १४१ मिटरमा रहेको चितवनको गोलाघाटदेखि रसुवा जिल्लाको ७,२२९ मिटरको उचाईमा रहेको लाङटाङ हिमालसम्म फैलिएको यो प्रदेशमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख भए अनुसार हिमाली क्षेत्रमा पाँच जिल्ला (धादिङ, रसुवा, रामेछाप, सिन्धुपाल्चोक र दोलखा), पहाडी दुई जिल्ला (नुवाकोट र काभ्रेपलाञ्चोक), उपत्यकाका तीन जिल्ला (काठमाण्डौं, ललितपुर र भक्तपुर) र भित्री मधेशका तीन जिल्ला (सिन्धुली, मकवानपुर र चितवन) छन् । नापी विभागका अनुसार यो प्रदेश २६० ५५’ उत्तरी अक्षांशदेखि २८० २३’ उत्तरी अक्षांशसम्म र ८३० ५५’ पूर्वी देशान्तरदेखि ८६० ३४’ पूर्वी देशान्तरसम्म फैलिएको छ । प्रदेशका जिल्लाहरूको संक्षिप्त विवरण अनुसुची १.७ मा छ।

यस प्रदेशका १३ जिल्लामा ३ वटा महानगरपालिका, १ वटा उपमहानगरपालिका, ४१ वटा नगरपालिका तथा ७४ वटा गाउँपालिका गरी ११९ स्थानीय तह छन् । प्रदेशभित्र रहेका काठमाण्डौं, ललितपुर र भरतपुर तीन महानगरपालिकाहरू हुन् भने हेटौंडा एकमात्र उपमहानगरपालिका हो ।

यस प्रदेशका गाउँपालिका र नगरपालिकाको सङ्ख्या नेपालको कुल गाउँपालिका र नगरपालिका सङ्ख्याको १५.८० प्रतिशत छ । काठमाडौ र भक्तपुर जिल्ला गाउँपालिका विहिन छन् भने रसुवा जिल्लामा नगरपालिका छैन । नेपालका गाउँपालिका र नगरपालिकाको कुल जनसङ्ख्या मध्ये यस प्रदेशको गाउँपालिका र नगरपालिकाको जनसङ्ख्याले २०.७४ प्रतिशत ओगटछ । काठमाडौका स्थानीय तहले कुल प्रदेशको स्थानीय तहका जनसङ्ख्याको ३१.२२ प्रतिशत ओगटछ । यसैगरी भूगोलमा सवभन्दा धेरै मकवानपुरको ११.७६ प्रतिशत छ ।

देशको धरातलीय विविधता अनुसार यहाँको हावापानीमा पनि विविधता रहेको छ । समुन्द्र सतहदेखि १४१ मिटर उचाईमा रहेको चितवनको गोलाघाटदेखि ७२२७ मिटर उचाईमा रहेको रसुवाको लाङटाङ हिमालसम्म फैलिएकोले यहाँ सबै प्रकारको हावापानी पाइन्छ । >

यस प्रदेशमा हिन्दुहरुको आराध्यदेव पशुपतिनाथ (काठमाडौ), बूढानीलकण्ठ(काठमाडौ),स्वयम्भूनाथ(काठमाडौ), चागुनारायण (भक्तपुर), गोसाइकुण्ड (रसुवा), कालिञ्चोक भगवती (दोलखा), भिमेश्वर (दोलखा),  लगायतका महत्वपूर्ण धार्मिक स्थलहरु छन् ।

सचिवहरु

सचिव

हुमकला पाण्डे
सचिव
शासकीय सुधार तथा समन्वय महाशाखा

निश्चल पाण्डे

निश्‍चलराज पाण्डे
सचिव
बैठक तथा प्रशासन महाशाखा

kanun

कृष्ण कुमार कार्की
सचिव
कानुन तथा संबैधानिक मामिला महाशाखा